'वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन':-चन्द्र भण्डारी • Nepal's Trusted Digital Newspaper'वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन':-चन्द्र भण्डारी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन’:-चन्द्र भण्डारी

‘वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन’:-चन्द्र भण्डारी

  • समाचारपाटी
  • आइतवार, भदौ १२, २०७९
‘वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन’:-चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताउनुभएको छ । शनिवार काठमान्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताउनु भयो । उहाँले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढन नसक्ने उहाँको दाबी छ । नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न नसक्ने भन्दै देश सञ्चालनको लागि नयाँ नेतृत्वको आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरु छन । ती सबै युवाहरु टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन । पुच्छर बन्न चाहन्छन, नेतृत्व लिन चाहन्नन, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको छ । यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढन सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन । उहाँहरु सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरुको नेतृत्वबाट यो मुलुक अघि बढछ भन्ने लाग्दैन । काँग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।’

नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गर्नुभयो । उहाँले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौति भएको उल्लेख गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका