साहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार • Nepal's Trusted Digital Newspaperसाहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • साहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार

साहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार

  • समाचारपाटी
  • आइतवार, भदौ १२, २०७९
साहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार

काठमान्डौँ । साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञाप्ती जारी गर्दै जानकारी दिएको छ ।

साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तीमा उहाँका योगदानलाई पनि उल्लेख गरिएको छ । परिषद् अध्यक्ष गंगा लामिटारे र सचिव खेम रिजालद्धरा जारी विज्ञाप्तीमा लेखिएको छ, ‘प्रकाश आङ्देम्बे, त्यो ब्याक्ति हो जसले शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीहरुलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्याउन अभिप्रेरित गर्यो ।

जुनबोला शरणार्थीहरुलाई स्थानीयहरुले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने कृयाशिल हुनुहुन्थ्यो । तपाईकै लेखन तथा निर्देशनमा भुटानीहरुसंग सम्बन्धीत चलचित्र ‘देश खोज्दै जादा’ समेत बनेको छ ।

एउटा कहालीलाग्दो समयमा रुमल्लिरहेका भुटानी नवप्रवेशी लेखकहरुका आसा, भरोषाका केन्द्र तथा साहित्य साधकको रुपमा चित्रण गर्दै परिषद्ले साहित्यकार आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको’ भनी विज्ञाप्तीमा उल्लेख गरेको छ ।’ परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने विज्ञाप्तीमै जानकारी दिएको छ ।

आङ्देम्बेले पुरस्कार दिने निर्णयप्रती आफ्नो फेसबुक मार्फत ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जनाएका छन् । प्रकाश आङ्देम्बेले लेख्नुभएकाे छ ‘धेरै सम्मान÷पुरस्कारहरू अस्विकार गर्दै आइरहेको बेला जब साहित्य परिषद भूटानको यो प्रस्ताव पाएँ निक्कै दिन सोचमग्न भएँ । हुन्छ भनौँ या हुन्न भनौं । अन्तत नेपालीभाषी भूटानीहरूको सबैभन्दा अभिभावक साहित्यिक संस्था, सबैभन्दा महत्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक संस्थाले निस्वार्थ सम्झेकोमा ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जमर्को गरेको छु ।’

भुटानी शरणार्थी युवा पुस्तामाझ साहित्य, कलाको योगदानमा अनवरत लागिरहनुभएका आङ्देम्बे भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्ने मध्येका प्रमुख पात्र मानिनुहुन्छ । उहाँका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाइ संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कविता संग्रह प्रकाशित छन् । त्यस्तै उहाँ भुटानी शरणार्थी बारे निर्माण गरिएको चलचित्र देश खोज्दै जाँदाको लेखक÷निर्देशक पनि हुनुहुन्छ ।

Prakash Angdembe

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका