पोखरा–१५ मा रहेको वेलनन एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत • Nepal's Trusted Digital Newspaperपोखरा–१५ मा रहेको वेलनन एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा–१५ मा रहेको वेलनन एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

पोखरा–१५ मा रहेको वेलनन एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

  • समाचारपाटी
  • शनिबार, भदौ ११, २०७९
पोखरा–१५ मा रहेको वेलनन एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

लेखनाथ । पोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई स्वागत  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १५ का वड़ा अध्यक्ष तोरण कुमार बानिया प्रमुख अतिथी रहेकाे शिक्षक सुनिल सुबेदीले जानकारी दिनुभयाे ।

प्रमुख अतिथी रहनुभएका वडा नं. १५ का बड़ा अध्यक्ष तोरण कुमार वानियाले  विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरन पनि सकारात्मक रहनुपर्ने विचार राख्नुभएकाे थियाे ।

विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविष्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीहरू असल र व्यवहारिक बन्न सुभाव दिनुभएकाे थियाे ।

विद्यालयका प्राचार्य आनन्दराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राचार्य अधिकारीले जिवनमा सफलता प्राप्त गर्नको निम्ती विद्यार्थीहरु व्यवहारिक बन्नु पर्नेमा जोड दिनुभएकाे थियाे ।

कक्षा–१२ का विद्यार्थी मन्दिप गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन विद्यालयका संस्थापक सह प्राचार्य श्री शिवहरी सुवेदी ले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका