नेकपा एमाले पोखरा १० द्धारा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा दरखाने कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperनेकपा एमाले पोखरा १० द्धारा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा दरखाने कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमाले पोखरा १० द्धारा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा दरखाने कार्यक्रम सम्पन्न

नेकपा एमाले पोखरा १० द्धारा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा दरखाने कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • शनिबार, भदौ ११, २०७९
नेकपा एमाले पोखरा १० द्धारा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा दरखाने कार्यक्रम सम्पन्न

पोखरा। नेकपा एमाले पोखरा महानगर कमिटी वडा नम्वर १० को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय अनुसाशन आयोगका सदस्य मीत्र कुमारी गुरुङ सुवेदीले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा पार्टीले ३३ प्रतिशत महिला उमेदवार वनाउनुपर्ने बताउनुभयाे । नेकपा एमाले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएको वताउँदै अबको प्रदेश र संघको निर्वाचनमा एमालेको बिकल्प नरहेको बताउँदै संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनतर्फ आम कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले जनताको बहुदलिय जनवादको अभ्यास गर्दै मुलुकलाई समाजवाद तर्फ लैजानुपर्ने बताउँदै अपवित्र गठवन्धनको सरकारले मुलुकलाई धारासायी बनाउँदै लगिरहेकाले अब हुने संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउनका लागी संपूर्ण कार्यकर्ता एकवद्ध भएर लाग्नुपर्ने बताउनुभयाे । अपवित्र गठबन्धन सरकारले बिकासको काम भन्दापनि आफ्नो कार्यकर्ता भर्ती गराउने गरी काम गरिरहेकाले त्यसको भण्डाफोर गर्दै एमाले अगाडी बढ्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सचिव माधव वास्तोला, जिल्ला कमिटीको अध्यक्ष मन बहादुर गुरुङ, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य राम बहादुर थापा मगर, प्रदेश कमिटी सदस्यहरु गंगा कुंवर, हिमालय बख्रेल, महानगर कमिटीको अध्यक्ष दीलिप न्यौपाने, जिल्ला कमिटी सदस्य बालाकृष्ण शर्मा, महानगर कमिटी सदस्यहरु लिलाधर अधिकारी, सीता कुमारी भुषाल, लज्जवति दुरा, मान बहादुर थापा मगर, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा वडा नम्वर १० का पार्टी कमिटी, विभिन्न जनवर्गीय संगठन, मोर्चा कमिटी र सुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले पोखरा महानगर कमिटि वडा नम्बर १० को अध्यक्ष सूर्य बहादुर बानियाको अध्यक्षता सम्पन्न कार्यक्रममा वडा कमिटी १० का उपसचिव जानुका अधिकारीले स्वागत मन्तब्य राखेकी थिइनभने कार्यक्रमको सञ्चालन कार्यक्रम सञ्चालन सचिव राजु श्रेष्ठले गर्नुभएकाे थियाे । प्रशिक्षण कार्यक्रम पश्चात महिला दिदी बहिनीहरु बीच दरखाने कार्यक्रम सम्पन्न भएको थियो ।

amale pokhara 10 news photo 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका