२ लाख २५ हजार मूल्य पर्ने होन्डा सीबी ३०० एफ बाइक सार्वजनिक • Nepal's Trusted Digital Newspaper२ लाख २५ हजार मूल्य पर्ने होन्डा सीबी ३०० एफ बाइक सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २ लाख २५ हजार मूल्य पर्ने होन्डा सीबी ३०० एफ बाइक सार्वजनिक

२ लाख २५ हजार मूल्य पर्ने होन्डा सीबी ३०० एफ बाइक सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
२ लाख २५ हजार मूल्य पर्ने होन्डा सीबी ३०० एफ बाइक सार्वजनिक

काठमाडौँ । भारतीय बजारमा होन्डा सीबी ३०० एफ सार्वजनिक भएको छ । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले यो मोटरसाइकल सार्वजनिक गरेको हो ।

डिलक्स र डिलक्स प्रो गरि दुईवटा भेरियन्टमा कम्पनीले होन्डा सीबी३०० एफ बजारमा ल्याएको छ । यी मोटरसाइकल विभिन्न ३ रङ्गमा उपलब्ध हुनेछन् भने मूल्य दुई लाख २५ हजार भारु रहेको छ । सो बाइकमा २९३ सीसीको आयल–कुल्ड फोर भल्व एसओएचसी इन्जिन समावेश गरिएको छ । यस बाइकमा १० नयाँ प्याटेन्ट एप्लिकेशन्सको साथमा आधुनिक इनोभेसन, डिजाइन र टेक्नोलोजीले फरक लुक दिइएको छ ।

यो सवारीमा राइडिङलाई नियन्त्रणमा राख्नकालागि ड्युअल च्यानल एबीएसको साथै असिस्ट, स्लिपर क्लच,६ स्पिड ट्रान्समिसन र एलईडी हेडल्याम्प दिइएको छ । बाइकको अगाडीको भागमा २७६ एमएम र रियरमा २२० एमएमको ब्रेकिङ पावर रहेको छ ।

सीबी३००एफ १५० एमएम चौडा रियर टायर र ५ स्टेप एड्जस्टेबल रियर मोनोशक सस्पेन्सनको साथ उपलब्ध रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका