तिन घण्टामै फुलचार्ज हुने विद्युतीय मोटरसाइकल नेपालमा • Nepal's Trusted Digital Newspaperतिन घण्टामै फुलचार्ज हुने विद्युतीय मोटरसाइकल नेपालमा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • तिन घण्टामै फुलचार्ज हुने विद्युतीय मोटरसाइकल नेपालमा

तिन घण्टामै फुलचार्ज हुने विद्युतीय मोटरसाइकल नेपालमा

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
तिन घण्टामै फुलचार्ज हुने विद्युतीय मोटरसाइकल नेपालमा

काठमाडौँ । हेनरी इलेक्ट्रिक मिनी कारको बिक्री गर्दै आएको पायोनियर वर्ल्डवाइड प्रालिले नयाँ विद्युतीय मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ भित्र्याउने भएको हो ।

युरोपको नम्बर वान दावी गरिएको ब्रान्ड ‘हर्विन’ युरोपको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा लिडिङ ब्रान्ड मानिन्छ । यो मोटरसाइकल आगामी दसैं भन्दा पहिले नै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा उपलब्ध हुने भनिएको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ मा ४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । यसले ५.३ किलोवाट पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो बाइकले ६ सेकेन्ड भित्रनै ९५ किलोवाट प्रतिघण्टा सम्मको गतिमा जान सक्छ ।

१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो इलेक्ट्रिक मोटरसाइकलको ब्याट्री ३ घण्टा चार्ज गर्दा २० देखि शतप्रतिशत सम्म चार्ज हुन सक्छ । यो बाइकमा एलईडी हेडलाइट, राउन्ड एन्ड क्लासिक इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, एन्टी–थेफ्ट वार्निङ सिस्टम,सीबीएस डिस्क ब्रेक लगायतका फिचर उपलब्ध रहेका छन् ।
कम्पनीले हर्विन एसके३ र ईके१ गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर समेत बिक्रीका लागि उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले हालका लागि यो मोटरसाइकलको मूल्य सार्वजनिक भने गरेको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका