पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी आयात उच्च • Nepal's Trusted Digital Newspaperपेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी आयात उच्च • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी आयात उच्च

पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी आयात उच्च

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी आयात उच्च

काठमाडौं । चालु आर्थिक वर्ष२०७९/८०को साउन महिनामा पेट्रोलियमयुक्त सवारीको तुलनामा विद्युतीय सवारी आयात उच्च भएको देखिएको छ ।
भन्सार विभागले जारि गरेको तथ्यांक अनुसार साउन महिनामा कूल ३४४ यूनिट साना जीप, कार, भ्यानको आयात भएको छ भने २११ यूनिट विद्युतीय कार आयात भएका छन् ।

यस अवधिमा चीनबाट ३८ यूनिट, भारतबाट १२५ यूनिट, कोरियाबाट ४४ यूनिट र अमेरिकाबाट ४ यूनिट विद्युतीय कार आयात भएको छ । यी विद्युतीय सवारी कुल ६२ करोड १६ लाख ८३ हजार मूल्य बराबरका रहेका छन् । नेपाल भित्रिएका सवारीमा १०० किलोवाट क्षमताका २०५ युनिट, १०० देखि २०० किलोवाट क्षमताका ४ युनिट र २०० किलोवाट देखि ३०० किलोवाट क्षमताका सवारी २ युनिट नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

त्यस्तै, तीन पाङ्ग्रे विद्युतीय सवारी भने चीनबाट ४३७ युनिट, भारतबाट २२ युनिट नेपाल भित्रिएका छन् । चीनबाट अनएसेम्बल अवस्थाका ६४ युनिट थ्री ह्विलर भित्रिएका छन् । १००० सीसी वा त्यो भन्दा कम क्षमताका २६ युनिट सवारी कार, जिप, भ्यान भारतबाट भित्रिएका छन् भने १००० बढी क्षमता देखि १५०० सीसी सम्मको कार, जिप, भ्यान भारतबाट ६२ युनिट, चिनबाट १ युनिट आयात भएका छन् ।

डिजेल इन्जिनबाट चल्ने कार, जिप र भ्यान १५०० सीसी सम्मको ७ युनिट आयात भएका छन् भने २५०० सीसी सम्मको सवारी १६ युनिट भित्रिएको छ ।
सरकारले पछिल्लो समयमा विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव कम गर्न भन्दै आयात प्रतिबन्ध लगाएका कारण यी सवारीको आयात अपेक्षा गरिए बमोजिम गर्न नसकेको व्यवसायी बताउँछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका