१० औं संस्करणकाे मिस ग्राण्ड नेपाल २०२२ हुने • Nepal's Trusted Digital Newspaper१० औं संस्करणकाे मिस ग्राण्ड नेपाल २०२२ हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १० औं संस्करणकाे मिस ग्राण्ड नेपाल २०२२ हुने

१० औं संस्करणकाे मिस ग्राण्ड नेपाल २०२२ हुने

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
१० औं संस्करणकाे मिस ग्राण्ड नेपाल २०२२ हुने

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमान्डौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्टस र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएके छ । प्रतियोगितामा सहभागी युवतीहरु १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरु सहभागी बन्न पाउनेछन । सहभागी युवतीको उचाई ५ः४ इन्च हुनुपर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम साहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताउनु भयो । त्यस्तै र्रयापर आशिष राना (लाहुरे) ले गीत गाइरहेको भएपनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताउनु भयो ।

मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन । युवतीको शैक्षिक योग्यता प्ल्स टू पास हुनुपर्नेछ । प्रतियोगिताले युवतीहरुको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Sequence 01.05 10 58 24.Still5590 Sequence 01.05 11 01 24.Still5591 Sequence 01.05 11 04 23.Still5592 Sequence 01.05 11 11 01.Still5593 Sequence 01.05 11 11 06.Still5594

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका