‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन’:-माधवकुमार नेपाल

‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन’:-माधवकुमार नेपाल

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन’:-माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताउनुभएको छ ।

बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमान्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताउनुभएको हो । उहाँले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताउनु भयो । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताउनु भयो । उहाँले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन । राष्ट्रपतिले जुन ढंगले पूर्व सनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ । हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ । प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन, यी सबै कुरामा पनि हाम्रो नजर छ ।’

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताउनु भयो । उहाँले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गर्नुभयो । उहाँले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन । हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख २७ हजार भोट पाएका छौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट हामीले पाउन सक्दथ्यौँ । १५ देखि २० लाख भोट हामीले पायौँ भने १५ देखि २० वटा सिटलाई कसैले रोक्न सक्दैन । त्यस हुनाले आउने चुनावको सन्दर्भमा समानुपातिक मतको आधारमा पनि हाम्रो पार्टीले आफनो हैसियत देखाउन सक्दछ । त्यस हुनाले पार्टीको प्रचार गर्ने अभियानमा, पार्टीको निर्वाचन चिन्हको प्रचार गर्ने काममा अनि मतदातालाई प्रशिक्षित गर्ने काममा जुटनुपर्ने आवश्यकता छ । यो कुरालाई सबैले ध्यानमा राख्नुहोला ।’

अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो । त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले चुनावी अभियानमा जुटन पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

madab

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका