पाेखरा पुरानो टुडिखेलमा आजदेखि ऐतिहासिक तीज मेला सुरु • Nepal's Trusted Digital Newspaperपाेखरा पुरानो टुडिखेलमा आजदेखि ऐतिहासिक तीज मेला सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाेखरा पुरानो टुडिखेलमा आजदेखि ऐतिहासिक तीज मेला सुरु

पाेखरा पुरानो टुडिखेलमा आजदेखि ऐतिहासिक तीज मेला सुरु

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
पाेखरा पुरानो टुडिखेलमा आजदेखि ऐतिहासिक तीज मेला सुरु

पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसर पारि पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात आजदेखि ऐतिहासिक तीज मेला सुरु हुदैछ ।

इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १६ भदौसम्म चल्नेछ ।

मेलाको  उद्घाटन गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल जिवनले  गर्नुहुनेछ । उद्घाटन पुर्व मेला स्थल पुरानो टुडिखेलबाट बिभिन्न जात जाति, आमा समुह, संघ सस्था, स्थानीय सहभागी झाकी सहितका र्र्याली पुनः मेला स्थलमा आएर उद्घाटन शत्रमा परिणत हुनेछ ।
प्रवेश नि: शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, विद्यालय स्तरीय लोक नृत्य, गण्डकी प्रदेश स्तरिय छेलो लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयाे । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।

अध्यक्ष अधिकारीका अनुसार नेपाली कला संस्कृतीको संरक्षण गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयाे । यसै गरि केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य समेत मेलाको रहेको अधिकारीले जानकारी दिनुभयाे ।

नेपाली मौलिक कला र सँस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि केन्द्रले तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको केन्द्रका उपाध्यक्ष निरज विक्रम राणले जानकारी दिनुभयाे । राणाका अनुसार केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । काेरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको उहाँले जानकारी दिनुभयाे ।

tudhikhel

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका