पाँचौं दक्षिण एशियन किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण प्राप्त • Nepal's Trusted Digital Newspaperपाँचौं दक्षिण एशियन किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण प्राप्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाँचौं दक्षिण एशियन किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण प्राप्त

पाँचौं दक्षिण एशियन किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण प्राप्त

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
पाँचौं दक्षिण एशियन किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण प्राप्त

भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुशिन कराँते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पार्नुभएकाे हाे । उहाँले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत हात पार्न सफल हुनुभएकाे छ ।

यहि मिति २०७९ भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत जित्नुभयाे । यसै गरि ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी समेत जित्नुभयाे ।

स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहनुभएकाे छ ।

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो । उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पारेका थिए । यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथीको आतिथ्यता प्रदान गरेको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम ब्यवस्थापकमा कसि कुमारी क्षेत्री रहेका थिए ।

 

IMG 20220825 WA0007 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका