असाेजमा २५ औं खुल्ला पौडी प्रतियोगिता हुने • Nepal's Trusted Digital Newspaperअसाेजमा २५ औं खुल्ला पौडी प्रतियोगिता हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • असाेजमा २५ औं खुल्ला पौडी प्रतियोगिता हुने

असाेजमा २५ औं खुल्ला पौडी प्रतियोगिता हुने

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
असाेजमा २५ औं खुल्ला पौडी प्रतियोगिता हुने

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असाेज ६ देखि ८ गते सम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूह तर्फ छात्र र छात्राको फ्रिस्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटर्फलाई चार विधामा यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि ३२ र खुल्ला महिला तथा पुरुष २०० ईन्डिभिजुअल मिड्ले, ४००, २००, १०० र ५० मिटर फ्रिस्टायल, २००, १०० र ५० ब्रेष्ट, ब्याक र बटरफ्लाई, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले (टिम मात्र), ४ गुणा १०० मिटर ईन्डिभिडुअल मिड्ले ९टिम मात्र० गरि ३२ स्वर्ण सहित कुल ६४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ११ टोलीका खेलाडीहरुको क्षमता अभिबृद्धि गरि उत्कृष्ट नतिजा प्राप्त गर्न यस प्रतियोगिताले सहयोग पुग्ने बिश्वास गरिएको छ । प्रतियोगिता नवौंको तयारीको रुपमा समेत लिईएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका