'राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापन गरौँ':- सभामुख भण्डारी • Nepal's Trusted Digital Newspaper'राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापन गरौँ':- सभामुख भण्डारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापन गरौँ’:- सभामुख भण्डारी

‘राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापन गरौँ’:- सभामुख भण्डारी

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
‘राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापन गरौँ’:- सभामुख भण्डारी

प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद व्यवस्थापनमा जुटनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । सभामुख भण्डारीले प्रदेश १ विपदका हिसावमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपदलाई न्युनिकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताउनु भयो । सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपदका घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्छ । प्रदेश १ जोखिमयुक्त छ । खोलानाला, पहाडका कारण वर्षैपिच्छे विपद भोग्नुपरेको छ । हामी बसेको ठाउँलाई पनि विपद मान्छु, हामी पस्दा घुँडासम्म पनि पानी हुन्थ्यो । त्यो अवस्थालाई हामीले पार गरेका छौँ । कोशीको कुरा गर्दा ५÷६ वर्ष अघि ठूलो क्षति गरेको थियो । अहिले अर्कोतिर पस्यो । प्राकृतिक विपदले ठूलो क्षति भएको छ । वर्षैपिच्छे हुने विपदलाई न्युनिकरण र व्यवस्थापन गर्न कति हामी सक्रियतासहित लागेका छौँ ? प्रदेश, स्थानीय र संघीय सरकार व्यवस्थापन गर्न कति सजग भयौँ ? यो गहन विषय छ । गैर प्राकृतिक कुरामा हामी धेरै कुराको जिम्मेवार छौँ । हामीले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै कुरा न्युनिकरण गर्नसक्छौँ । मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न हामी सबै इमान्दारितापूर्वक लाग्नुपर्छ । तर हामीमा इमान्दारिताको खाँचो छ । स्वार्थबाट माथि उठेर इमान्दारितमा काम गर्नसके यसमा न्युनिकरण गर्नसक्छौँ । राजनीतिक स्वार्थबाट माथि उठेर, जस पाउने भन्ने भावनाबाट माथि उठेर एकतावद्ध भएर लाग्नुपर्छ भन्ने भावनामा हामी बढनुपर्छ । नियमित प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्नुनपर्छ । तर त्यसमा हामीले काम गरेका छैनौँ । नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले हामीलाई समस्या बनाइरहेको छ । विपदका घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढनुपर्छ । यसका लागि सबै क्षेत्रकबाट इमान्दारिताका साथ अघि बढनुपर्छ । जनता लाभान्वित हुने कुराको व्यवहारमा कार्यान्वयन गर्न सबै प्रतिवद्ध भएर लाग्नुपर्छ ।’

उहाँले नागरिक लाभान्वित हुने गरेर कानूनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका