अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा • Nepal's Trusted Digital Newspaperअमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा

अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा पोखरेली अभिषेक चौंथो चरणमा

पोखरा । पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङ अन्तरगत चौथो चरणमा प्रवेश गर्नुभए काे छ ।

उहाँ शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसंग प्रतिस्पर्धा गर्नुहुनेछ । बाँस्तोलाले यसअघि एक खेलमा जित निकाल्नुभएकाे थियाे भने एक खेलमा पराजय व्यहोर्नुभएकाे छ । बिहीबार राति भएको तेश्रो चरणको खेलमा उहाँले अमेरिकन खेलाडी जे.ट्रन्ड्सनलाई ४–६,६–० र ६–२ ले पराजित गर्नुभयाे । मंगलबार उहाँ जापानिज खेलाडी जेम्स टेर्टससंग ६–०,६–२ को सेटमा पराजित हुनुभएकाे थियाे ।

प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुनुहुन्छ । १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाउनुभएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसक्नुभएकाे छ । ‘प्रतियोगिताका सहभागि खेलाडीहरु म भन्दा माथिल्लो स्तरका छन्, उनीहरुसंग प्रतिस्पर्धा गर्न पाउँदा मेरो स्तर झनै सुधारिने विश्वास लिएको छु’–बास्तोलाले भन्नुभयाे ।

abhiske 2 1 abhiske 3 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका