एक्सनमा उत्रिएका मेयर बालेन साहलाई कमल थापाको समर्थन • Nepal's Trusted Digital Newspaperएक्सनमा उत्रिएका मेयर बालेन साहलाई कमल थापाको समर्थन • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • एक्सनमा उत्रिएका मेयर बालेन साहलाई कमल थापाको समर्थन

एक्सनमा उत्रिएका मेयर बालेन साहलाई कमल थापाको समर्थन

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
एक्सनमा उत्रिएका मेयर बालेन साहलाई कमल थापाको समर्थन

काठमान्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमान्डौँ महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाउनुभएकाे छ ।

सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमान्डाैँलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमान्डौँ महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताउनुभएकाे हाे ।

उहाँले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आब्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामना समेत दिनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमान्डाैँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर @ShahBalen  को प्रयास प्रशंसनीय छ । तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं ।

Screenshot 2022 08 25 08 13 54 12 0b2fce7a16bf2b728d6ffa28c8d60efb

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका