‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो':-सुरक्षामन्त्री कुँवर • Nepal's Trusted Digital Newspaper‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो':-सुरक्षामन्त्री कुँवर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो’:-सुरक्षामन्त्री कुँवर

‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो’:-सुरक्षामन्त्री कुँवर

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो’:-सुरक्षामन्त्री कुँवर

सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुवै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उदघाटन गर्नु भएको हो । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताउनु भयो । उहाँले सो कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रह समेत गर्नु भयो । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई सरकारले कानुनी दायरामा ल्याएरै छाडने मन्त्री कुँवरको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो । र, यो आवश्यक्ता अनुसार विस्तार गर्दै लगिनेछ । म रोजगार दाताहरुलाई योगदानकर्ताहरुलाई आग्रह गर्न चाहन्छु–सामाजिक सुरक्षा कोषमा आवद्ध होउ । कतिपय रोजगार दाताहरु, कतिपय घोषित क्षेत्रहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको हामीले देखेका छौं । सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याईनेछ ।’

मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरुको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लाहरुमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताउनु भयो । उहाँले नेपालगंज र वुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारी समेत दिनु भयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गर्नु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका