सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेशनको सहयोग • Nepal's Trusted Digital Newspaperसुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेशनको सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेशनको सहयोग

सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेशनको सहयोग

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेशनको सहयोग

चौधरी फाउन्डेसनद्वारा २ सय ३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण

२ सय ३६ बाढि प्रभावित परिवारलाई चौधरी फाउन्डेसनद्वारा खाधन्न वितरण

इटहरी ।  चौधरी फाउन्डेशनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेशनले संकल्प सि. बि. आर. नेपाल, करुणा फाउन्डेशन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाद्यान्न सहित आवश्यक सामग्री वितरण गरिएको हो । भदौ ४ गते बाढि कटान क्षेत्र बराह क्षेत्रको वडा नम्बर ३ र ६ को १ सय १६ घरधुरी लाई खाद्यान्न सहित झुल र टर्च लाईट वितरण गरिएको थियो ।

बराहक्षेत्रको सहयोग वितरण कार्यक्रममा सुचना तथा संचारमन्त्रि ज्ञानेन्द्र बहादुर कार्की, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, चौधरी फाउन्डेशन प्रदेश १ को अर्डिनेटर पुण्य प्रसाद लुइटेल लगायतको सहभागिता रहेको थियो । यस्तै भदौ ५ गते आइतवार उदयपुरको बेलाका नगरपालिका वार्ड ३ र ९ मा पनि बाढिबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।

बेलाकाको राहत वितरण कार्यक्रममा वडाअध्यक्ष तथा सहयोगी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वितरण गरिएको राहतमा प्रति घरधुरी २५ किलो चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर खाने तेल, २ प्याकेट बेसार, सुपानेट झुल १ थान, इलेक्ट्रिक टर्च लाइट १ थान र साबुन ६ थानका दरले प्रदान गरिएको थियो ।

CG1 CG2 CG3 CG5 CG6 CG7

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका