साइनिङ स्टारमा विद्यार्थीको स्वागत र विदाई • Nepal's Trusted Digital Newspaperसाइनिङ स्टारमा विद्यार्थीको स्वागत र विदाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साइनिङ स्टारमा विद्यार्थीको स्वागत र विदाई

साइनिङ स्टारमा विद्यार्थीको स्वागत र विदाई

  • समाचारपाटी
  • बिहिबार, भदौ ९, २०७९
साइनिङ स्टारमा विद्यार्थीको स्वागत र विदाई

पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो–वक्ताहरु

पोखरा । पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । दक्ष युवाशक्ति विदेश पलायन हुने समस्याले अब यहाँको पर्यटन क्षेत्रमा नयाँ र दक्ष जनशक्ति चाहिनेमा उनीहरुले जोड दिएका छन् । पोखराको लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलमा विद्यार्थीहरुको स्वागत एवं विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको निकटमा रहेको जनाउँदै त्यसपछि पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा प्रकट गर्नुभयाे । यस्तोमा यहाँ भइरहेका जनशक्तिले मात्रै नपुग्ने उहाँको भनाई थियो । त्यस्तै युवा पर्यटन व्यवसायी बर पिपल रिसोर्टका सञ्चालक जितु गुरुङ्गले अब स्कुल कलेजहरुले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने औल्याउनुभयाे । आगामी पिढीहरुलाई सम्भावना नेपालमै रहेको बताउँदै पर्यटन क्षेत्रलाई दक्ष जनशक्ति अबका दिनमा ठूलै चुनौती हुनसक्ने बताउनुभयाे ।

पोखरा विश्वविद्यालयका उप–प्रध्यापक युवराज त्रिपाठीले विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै व्यवहारिक शिक्षा पनि महत्वपूर्ण हुने बताउनुभयाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, तालबाराही मावि प्लस टु का संयोजक यदु पोखरेल, गण्डकी डा. सन्तोष कोइराला, एकेडमी अफ कफि एक्सीलेन्सका रिजनल म्यानेजर विनोद आचार्य, विद्यार्थीहरु प्रविणा पौडेल, सन्दिप नेवार, सेविका राई लगायतले आ–आफ्नों भनाई राखेका थिए ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भई आएका नयाँ विद्यार्थीको स्वागत तथा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई शुभ–कामना सहित विदाई गरिएको हो । विद्यालय प्राचार्य अर्जुन पाण्डेले विद्यालयले शैक्षिक गतिविधीसंगै खेलकुद, मनोरन्जनात्मक कार्यक्रम तथा अन्य अतिरिक्त कार्यक्रमलाई विद्यालयले महत्व दिएको बताउनुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका