घट्याे सुन र चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaperघट्याे सुन र चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaper

घट्याे सुन र चाँदीको मूल्य

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
घट्याे सुन र चाँदीको मूल्य

काठमान्डौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय र तेजावी सुनकाे मुल्य ९५ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ९ सय र तेजावी सुनकाे मुल्य ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १ ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका