पोखरामा मनाइयो १ सय ८३ औं बिश्व फोटोग्राफी दिवस • Nepal's Trusted Digital Newspaperपोखरामा मनाइयो १ सय ८३ औं बिश्व फोटोग्राफी दिवस • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा मनाइयो १ सय ८३ औं बिश्व फोटोग्राफी दिवस

पोखरामा मनाइयो १ सय ८३ औं बिश्व फोटोग्राफी दिवस

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
पोखरामा मनाइयो १ सय ८३ औं बिश्व फोटोग्राफी दिवस

पोखरा । १ सय ८३ औं बिश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा फोटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइएकाे छ । यसै बिच पहिलो कार्यक्रम अन्तर्गत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो ।

बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाको पाटनबाट शुरु भै मानवअधिकार चोक चिप्लेढुङ्गा महेन्द्रपुल हुँदै चिप्लेढुङ्गा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार र फोटोमा अभिरुची हुने महानुभाव तथा फोटोग्राफरहरुको उपस्थित रहेको थियो । पोखरा क्षेत्रका पुराना फोटो तथा भिडियो संकलक सुनिल उलकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिा साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको थियो ।

कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गर्नुभएको थियो भने अक्षयकोषदाता भक्त तामाङले सो
अवार्डको स्थापना गर्नुको उद्देश्य र आफ्नो देश बिदेशको फोटोग्राफी अनुभवबारे बताउनु भएको थियो । पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउँदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिनुभयो ।

फाटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताउनु भएको थियो । सचिव तुलसी सुबेदीको सञ्चालनमा भएकोे कार्यक्रम लगत्तै सोही हलमा पोखरा फोटोग्राफर संघको अवार्ड परिणाम घोषणा भएको थियो ।

MD 51327 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका