एसएस फाउण्डेशनद्धारा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण • Nepal's Trusted Digital Newspaperएसएस फाउण्डेशनद्धारा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एसएस फाउण्डेशनद्धारा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

एसएस फाउण्डेशनद्धारा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
एसएस फाउण्डेशनद्धारा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

एसएस फाउण्डेशनले नागार्जुन नगरपालिका–१, रानीवनस्थित बाल विकास माध्यमिक विद्यालयलाई सुविधायुक्त झोला वितरण गरेको छ ।

बिहीवार सामाजिक संस्था सुवर्ण समशेर फाउण्डेशनले आठ सय बढी विद्यार्थीलाई सुविधायुक्त झोला वितरण गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति समशेर राणाले विद्यालयका सबै विद्यार्थीका लागि झोला वितरण गर्नुभएको थियो ।

झोला वितरणपछि नेता समशेरले विद्यार्थीमाथि गरिएको लगानी मुलुकको भविष्यमाथि गरिएको लगानी भएको बताउनु भयो । फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर विकासका अन्य क्षेत्रमा पनि सहयोग गर्न फाउन्डेशन तयार भएको बताउनु भयो । फाउण्डेशनले यसअघि मुलुकभरका दुईसय भन्दा धेरै स्वाथ्य चौकीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरेको थियो । त्यसबाहेक बाढी पहिरोका बेलामा उद्धारमा प्रयोग हुने विभिन्न उद्धार सामग्री पनि वितरण गरेको थियो ।

Sequence 09.05 27 07 16.Still1535 Sequence 09.05 28 02 24.Still1534 Sequence 09.05 28 22 01.Still1533

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका