आजको मौसम:-पाँच प्रदेशका केही स्थानहरुमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआजको मौसम:-पाँच प्रदेशका केही स्थानहरुमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजको मौसम:-पाँच प्रदेशका केही स्थानहरुमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम:-पाँच प्रदेशका केही स्थानहरुमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
आजको मौसम:-पाँच प्रदेशका केही स्थानहरुमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।

वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ । वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका