'कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ':-भीम रावल • Nepal's Trusted Digital Newspaper'कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ':-भीम रावल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ’:-भीम रावल

‘कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ’:-भीम रावल

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
‘कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ’:-भीम रावल

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो । उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता नपाउने को हुन ? कतिले पाएका छैनन र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन त्यसको छानबिन गरौँ । कतिले पाएका छैनन बल्ल थाहा हुन्छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन भन्ने तर्क कसरी गलत हुन्छ ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो । वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोडने कुरा छ नेपालको राष्ट्रिय हीतमा छैन र ? नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्नपनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता ? कसैले भन्नसक्छ ? सकिँदैन । ७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो । आज सहमतिबाट पछि हटेर काम गर्ने ? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधान भन्दा माथि हुन्छ ? यदी त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? ५ दलीय अमिर छन नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन ? यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन ।’

सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका