कास्कीमा अघिल्लो वर्ष २ सय ९७ वटा साइबर क्राइमका निवेदन • Nepal's Trusted Digital Newspaperकास्कीमा अघिल्लो वर्ष २ सय ९७ वटा साइबर क्राइमका निवेदन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीमा अघिल्लो वर्ष २ सय ९७ वटा साइबर क्राइमका निवेदन

कास्कीमा अघिल्लो वर्ष २ सय ९७ वटा साइबर क्राइमका निवेदन

समयमै सचेत रहन डिएसपि सुन्दर तिवारीको आग्रह

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
कास्कीमा अघिल्लो वर्ष २ सय ९७ वटा साइबर क्राइमका निवेदन

पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा १८ मा रहेको शान्त माविमा साइबर क्राइम सम्वन्धि सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पछिल्लो समय समाजमा साइबर क्राइम बढ्दै गएकाले समयमै सचेत गराउन उक्त विद्यालयका कक्षा ९ देखि १२ सम्मको विद्यार्थीलाई प्रशिक्षण गराइएको हो ।

विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले प्रशिक्षण दिनुभएको थियो । उहाँले गत वर्ष कास्कीमा मात्रै २ सय ९७ वटा निवेदन साइबर क्राइम सम्वन्धिको रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालको प्रयोग बढिरहेको हुँदा अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्न उहाँको भनाई थियो । साथै सामाजिक सञ्जालबाट समस्यामा परेकालाई तिरस्कार होइन साथीभाई तथा परिवारले साथ दिनु अत्यावश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी नायव उपरिक्षक तिवारीले साइबर क्राइमबाट बच्न कस्ता कदम चाल्नुपर्छ वा समयमै कसरी सचेत हुन सकिन्छ लगाएतको विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै किशोर किशोरीलाई सामाजिक सञ्जालमा राती अवेरसम्म च्याट गरेर बस्दा साइबर क्राइम हुन सक्ने भन्दै सचेत गराउनुभयो ।
sachetana1
औपचारिक कार्यक्रममा पिआरओ इन चिफ एमजेएफ लायन किशोर बरालले साइबर क्राइमबाट आफु पनि बच्न र अरुलाई पनि सचेतना गराउन आग्रह गर्नुभयो । कार्यक्रममा शान्त माविका प्रधानाध्यापक शंकरराज अधिकारीले प्रशिक्षणबाट विद्यार्थीले आफु सचेत हुने र अरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका