नाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुल्ला • Nepal's Trusted Digital Newspaperनाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुल्ला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुल्ला

नाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुल्ला

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
नाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ को लागि स्टल बुकिङ खुल्ला गरेको छ।

काठमाडौंको भृकुटीमण्डप को प्रदर्शनी हलमा आगामी असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने ईभी एक्सपोको लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ खुला गरिएको नाडा ईभी एक्स्पो २०२२ का सभापति अनुप बरालले जानकारी दिनुभयो । नाडाले अटो एक्सपो २०२२ भदौ ६ देखि गर्ने तयारी गरेको थियो । तर सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धलाई भदौ १३ सम्म निरन्तरता दिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।

तर अब भने, नेपालमा पहिलो पटक नाडाले इभी एक्सपो २०२२ को आयोजना गर्ने भएको हो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले एक्सपोमा सहभागिता जनाउन सबैलाइ अनुरोध गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका