नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको माओवादी नेता पुनको आरोप • Nepal's Trusted Digital Newspaperनागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको माओवादी नेता पुनको आरोप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको माओवादी नेता पुनको आरोप

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको माओवादी नेता पुनको आरोप

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
नागरिकता विधेयकमाथि एमालेले राजनीति गरेको माओवादी नेता पुनको आरोप

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिनेगरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उहाँले एमालेलाई आग्रह गर्नुभयो । बिहीवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृह मन्त्रीजीले यो विधेयक मुलुकको आवश्यक्ताको लागि ल्याइएको भन्नुभएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउण्टको कुरा होला । एउटा सामान्यसामान्य दैनिक जीवनका कुराहरु, अफ्ठयाराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ । बाँकि यसलाई आगामी दिनमा राष्ट्रिय सहमती बनाएर बाँकि विषयहरु खासगरी वैवाहिक अंगीकृत लगायतका विषयमा फेरि प्रस्तुत हुन्छ सरकार भनिएको छ । यो कुरालाई आत्मासात गर्दै, मनन गर्दै अगाडि बढनुपर्छ भन्ने मलाई लाग्छ । कि यो २०७५ मा प्रस्तुत गरिएको नागरिकता विधेयकमा म आफैं क्याविनेटमा थिए । पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याविनेटमा हुनुहुन्थ्यो । जहाँ यो वैवाहिक अंगीकृतको बारेमा कुनै व्यवस्था थिएन । पछि हाउसमा, समितिमा प्रस्तुत भयो, छलफल भयो । केही नयाँ व्यवस्थाहरु भए त्यसमा । तर सहमती बन्न सकेन । बहुमतले पास गरेर ल्यायो । त्यो कुरा तत्कालीन माननीय केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गर्यौ । सम्माननीय शेरबहादुर देउवा नेतृत्वको सरकार आयो । स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।’

सांसद पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रश्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका