सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सार्वजनिक हुने तयारी • Nepal's Trusted Digital Newspaperसुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सार्वजनिक हुने तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सार्वजनिक हुने तयारी

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सार्वजनिक हुने तयारी

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सार्वजनिक हुने तयारी

काठमान्डौं । नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ अर्को साता औपचारिक रुपमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यो स्कुटर भित्र्याउने भएको हो ।

यो स्कुटरमा एफआई टेक्नोलोजी सहितको १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६ हजार ७ सय ५० आरपीएममा ८।७ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्दछ ।

सुजुकी एभेनिसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप राखिएको छ । यस स्कुटरमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस,फ्रन्ट बक्स, एड्भान्स स्पोर्टी स्टाइलिङ, रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प जस्ता फिचर उपलब्ध रहेका छन् ।

एड्भान्स स्पोर्टी डिजाइन रहेको यो स्कुटरमा स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर पनि समावेश गरिएको छ ।

सुजुकी एभेनिस कन्सोलले एन्ड्रोइड र एप्पल दुवै सपोर्ट गर्दछ । यो स्कुटर सुजुकी राइड कनेक्ट एपबाट पनि चलाउन सकिन्छ । यसमा नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

विभिन्न चार कलरमा उपलब्ध हुने सुजुकी एभेनिसको नेपाली बजार मूल्य भने कम्पनीले हाल सार्वजनिक गरेको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका