४५ मिनेटमै पूर्णचार्ज गर्न सकिने बीवाईडीको नयाँ विद्युतीय कार 'ATTO 3' नेपाल भित्रिने • Nepal's Trusted Digital Newspaper४५ मिनेटमै पूर्णचार्ज गर्न सकिने बीवाईडीको नयाँ विद्युतीय कार 'ATTO 3' नेपाल भित्रिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४५ मिनेटमै पूर्णचार्ज गर्न सकिने बीवाईडीको नयाँ विद्युतीय कार ‘ATTO 3’ नेपाल भित्रिने

४५ मिनेटमै पूर्णचार्ज गर्न सकिने बीवाईडीको नयाँ विद्युतीय कार ‘ATTO 3’ नेपाल भित्रिने

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
४५ मिनेटमै पूर्णचार्ज गर्न सकिने बीवाईडीको नयाँ विद्युतीय कार ‘ATTO 3’ नेपाल भित्रिने

काठमान्डौं । बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो थ्री’ (ATT0 3) नेपाल भित्रिने भएको छ । बीवाईडीको नेपालका लागी आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ‘एटो थ्री’ कार यहि भदौ महिना भित्र नेपाल ल्याउने तयारी भएको जानकारी दिएको छ ।

कम्पनीका मार्केटिंग म्यानेजर समिर श्रेष्ठका अनुसार यो कारमा ५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ओटा ब्याट्री विकल्प प्रदान गरिएको छ । यो कारले अधिकतम २०० एचपी पावर प्रदान गर्ने र ३२० देखि ४२० किलोमिटर अधिकतम रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । एटो थ्रीलाई ८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै पूर्णरुपमा चार्ज गर्न सकिन्छ ।

यो कारमा ३६० डिग्रीमा हेर्न मिल्ने (३६० भ्यू) क्यामेरा, १२ भोल्टको सकेट, वायरलेस फोन चार्जर, बिना चाबी गाडी सञ्चालन हुने तथा भित्र जान सकिने ‘कि लेस इन्ट्री’, एकपटक बटन थिचेकै भरमा पछाडिको ढोका खुल्ने प्रविधि ‘टेल गेट’ लगायतका आकर्षक फिचर रहेका छन् ।
यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैलाई सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । यो सँगै पाँच इन्चको ‘डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर’, सिन्थेटिक लेदर अफहोलस्टेरेड सिट, ‘इलेक्ट्रिक पावर असिस्टेड स्टेरिङ ह्वील’ जस्ता फिचरहरू पनि उपलब्ध छन् ।

एटो थ्रीमा सिट बेल्टको प्रयोग गर्न अलर्ट गर्ने प्रविधि (सिट बेल्ट रिमाइन्डर), ‘हिल डिसेन्ट कन्ट्रोल’, ‘ट्रयाक्सन कन्ट्रोल सिस्टम’, ‘टीपीएमएस’-टायर प्रेसर मनिटरिङ सिस्टम (टायरहरूमा भएको प्रेसर सही छ कि छैन भनि जाँच गर्ने प्रविधि), ‘ईपीएस’ सहितको एन्टी -लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षाका फिचर पनि यसमा रहेका छन् ।

पाँच वटा सिट क्षमताको यो कारको ग्राउन्ड क्लियरेन्स भने १७५ एमएम रहेको छ । कम्पनीले यो कारको मूल्य नेपाली बजारका लागि निर्धारण भइनसकेको जानकारी दिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा भने यो कारको मूल्य ४५ हजार डलरबाट सुरु हुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका