‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ'':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ'':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ”:-पुष्पकमल दाहाल

‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ”:-पुष्पकमल दाहाल

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन, धेरै नै बिग्रेको छ”:-पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गर्नुभएको हो । उहाँले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताउनु भयो । उहाँले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताउनु भयो । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभइ आफनै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताउनु भयो । उहाँले सामुहिक भावनादवारा अघि बढने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्नुभयो । उहाँले पार्टीका नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले यस्ता व्यत्तिःवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताउनु भयो । उहाँले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै शुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफनै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौँ । हामी सामुहिक भावनादवारा अघि बढने भन्दा स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, त्यतातिर जान थालेका छौँ । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ । हामी विचार, कुरा, र मुखमा त अहिलेपनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ ।’

अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गर्नुभयो । उहाँले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढनुपर्ने आवश्यक रहेको बताउनु भयो । अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढनुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका