'नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु':-पम्फा भुसाल • Nepal's Trusted Digital Newspaper'नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु':-पम्फा भुसाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु’:-पम्फा भुसाल

‘नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु’:-पम्फा भुसाल

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
‘नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु’:-पम्फा भुसाल

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमान्डौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताउनुभएको हो । उहाँले विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताउनु भयो । मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीब्ररुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विदेशी ग्यास छोडौं स्वदेशी विद्युत जोडयौं भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनु पर्नेछ । यसका लागि धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा छुट दिने निर्णय भएको छ । सरकार विद्युत खपत गर्ने नीति तथा कार्यक्रमसँगै अगाडि बढाएका छौं । सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ । प्राधिकरणले सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीब्रपमा अगाडि बढाउनु पर्छ । उर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौं । अब खरिद गरिने सवारी साधन विद्युतीय मात्रै हुनु पर्नेछ । विद्युत खपत बढाउनको लागि वर्षा आम र गर्मी समयको फरक फरक विद्युत महशुल निर्धारण गरिएको छ ।’

मन्त्री भुसालले धेरै विद्युत उत्पादन गर्न नसकिने मिटर जोडन महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै मिटर जोडने कामलाई महिनौ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भयो । मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको बताउनु भयो । मन्त्री भुसालले प्राधिकरण विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावट जलविद्युत निर्माणधिन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत उत्पादन नगरी खोला नदी ओगटने कम्पनी निषेध गर्ने नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालको जलविद्युतमा पुर्याएको योगदानको लागि निजी क्षेत्रलाई धन्वाद दिन चाहन्छु । निजी क्षेत्रले निर्माण गरेका र निर्माण गरिहेका आयोजनाहरुले भोग्नुपरेका समस्याको विषयमा सरकार गम्भिर रहेको छ । सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको छ । प्राधिकरण विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावट जलविद्युत निर्माणधिन अवस्थामा छन । करिव १६ सय मेगावट विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेर पनि काम नगरे खोला नदी ओगटेर बस्ने कम्पनीलाई निषेध गरी काम गर्ने कम्पनीलाई प्रवद्र्धन गर्ने अवस्था भएको छ । अहिलेको अवस्थामा क्यु टवान्टिको डिजाइनमा काम गर्दै धेरै विद्युत उत्पादन गर्न नसकिने मिटर जोडन महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्नपनि निर्देशन दिन्छु । हामी मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै हिँडने तर तलबाट एउटा मिटर जोडनभन्दा महिनौ नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ, समयमा काम नगर्ने कर्मचारीलाई आवश्यक विभागिय कारबाही गर्न म अनुरोध गर्छु ।’

मन्त्री भुसालले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका