प्रतिनिधि सभाको बैठक बस्दै,बैठक बिहान ११ बजेबाट शुरु हुने • Nepal's Trusted Digital Newspaperप्रतिनिधि सभाको बैठक बस्दै,बैठक बिहान ११ बजेबाट शुरु हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक बस्दै,बैठक बिहान ११ बजेबाट शुरु हुने

प्रतिनिधि सभाको बैठक बस्दै,बैठक बिहान ११ बजेबाट शुरु हुने

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
प्रतिनिधि सभाको बैठक बस्दै,बैठक बिहान ११ बजेबाट शुरु हुने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेस गर्नुहुने, प्रधानमन्त्री शेरबहादुर देउवाले “राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन (२०७७ श्रावण – २०७८ आषाढ)” पेस गर्नुहुने, गृहमन्त्री बालकृष्ण खाँणले “सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस” भनि प्रश्ताव प्रस्तुत गर्नुहुने, “सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस” भनि प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका