'संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए':-कृष्णबहादुर महरा • Nepal's Trusted Digital Newspaper'संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए':-कृष्णबहादुर महरा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए’:-कृष्णबहादुर महरा

‘संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए’:-कृष्णबहादुर महरा

  • समाचारपाटी
  • बिहिबार, भदौ २, २०७९
‘संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए’:-कृष्णबहादुर महरा

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बिहीवार टुंगो लगाउने भएको छ । बुधवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताउनु भयो । उहाँले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताउनु भयो । प्रवक्ता महराले आजको बैठकबाट करिव करिव टुंगोमा पुगेको र बिहीवारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ । संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रिय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला । यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिव करिव हामी टुंगोमा पुगेका छौँ । बिहिबार बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौँ । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल शुरु भयो ।’

प्रवक्ता महराले हिजाे पार्टीको स्थायी कमिटीको बैठक  बिहीवार ८ बस्ने बताउनु भएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका