''स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ'':-डा.विश्वनाथ पौडेल • Nepal's Trusted Digital Newspaper''स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ'':-डा.विश्वनाथ पौडेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ”:-डा.विश्वनाथ पौडेल

”स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ”:-डा.विश्वनाथ पौडेल

  • समाचारपाटी
  • बुधबार, भदौ १, २०७९
”स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ”:-डा.विश्वनाथ पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताउनुभएको हो । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताउनु भयो । उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हटने बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लडन सजिलो हुने बताउनु भयो । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो,‘ स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरुले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेषमा अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोडनु हुन्छ त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ । अहिले भविष्य नगरपालिकाहरुकै रहेको छ । माथि ठूला कामहरु मात्रै गर्ने भन्ने भएको छ । सांसदहरुले भित्रभित्रका साना सडक बनाउनु भनेपनि त्यो बिस्तारै हटछ । संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ त्यसैमा प्राथमिकता दिने हो । स्थानीय तहले पाउने राजश्वहरु पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु परेन । स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग गर्यो भने अर्को पटक चुनाव लडन सजिलो हुन्छ । जनतालाई आफैँ भेटेर सबैसँग छलफल गर्नुस ।’

उहाँले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ठूला नगरपालिकाहरुले समेत विषेश बजेट अन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका