नेप्से सूचक २४.८३ अंकले गिरावट • Nepal's Trusted Digital Newspaperनेप्से सूचक २४.८३ अंकले गिरावट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेप्से सूचक २४.८३ अंकले गिरावट

नेप्से सूचक २४.८३ अंकले गिरावट

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
नेप्से सूचक २४.८३ अंकले गिरावट

सोमवार एकैदिन उच्च अंकले बढेको नेप्से मंगलवार गिरावट भएको छ ।

मंगलवार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवारको तुलनामा मंगलवार कारोबार रकम भने वृद्धि भएको छ । सोमवार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन । जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै,फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि मंगलवार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै,स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ । तर,यता युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ । दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ । मंगलवार रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका