८ सय ४८ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper८ सय ४८ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ सय ४८ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

८ सय ४८ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
८ सय ४८ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ सय ४८ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ७ सय २२ जनाकाे पिसिआर परीक्षण गर्दा ३ सय ९९ जना र २ हजार ८ सय ९७ जनाकाे एनटिजेन परीक्षण गर्दा ४ सय ४९ जना गरी ८ सय ४८ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार २ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

९० हजार ४ सय ४७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७६ हजार  ६ सय ९ जना काेराेना मुक्त भएका छन् ।

५ हजार ६ सय १९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९० पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका