राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन • Nepal's Trusted Digital Newspaperराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गर्नुभएकाे छ । सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौडेलले जानकारी दिनुभयाे ।

राष्ट्रपति भण्डारीले अबलोकनका साथै केबलकारमा सवार समेत गर्नुभएकाे थिइन् । अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य,प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएकी उनले मङ्गलबार बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने र मङ्गलबार नै दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमान्डौँ फर्कने कार्यक्रम रहेको छ ।

 

bidya devi

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका