वामदेव गौतम र बाबुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडने • Nepal's Trusted Digital Newspaperवामदेव गौतम र बाबुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वामदेव गौतम र बाबुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडने

वामदेव गौतम र बाबुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडने

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
वामदेव गौतम र बाबुराम भट्टराई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडने

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुनेभएको छ ।

मंगलवार (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडन दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हसिया हतौडामा चुनाव लडनको निमित्त स्वीकृति दिएको बताउनु भयो । उहाँले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताउनु भयो । उहाँले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र को स्थायी कमिटीको बैठक बसेको छ । हामी भोलि बिहान फेरि बैठक बस्छौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट आगामी संसदीय चुनाव लडने विचार व्यक्त गर्नुभयो । त्यसको हामी स्वागत गर्दछौँ । हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह, हसिया हतौडामा चुनाव लडनको निमित्त स्वीकृति गर्यौ । उहाँहरुले राखेका केही शर्तहरु छन । ती शर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ ।’

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।

RAW.00 02 06 05.Still006 RAW.00 02 11 16.Still007 RAW.00 02 18 16.Still009

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका