नेपाल उद्योग परिसंघले यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्ने • Nepal's Trusted Digital Newspaperनेपाल उद्योग परिसंघले यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल उद्योग परिसंघले यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्ने

नेपाल उद्योग परिसंघले यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्ने

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
नेपाल उद्योग परिसंघले यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्ने

नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।

सोमवार उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । परिसंघले पूर्वाधार सम्मेलनमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने,उत्थालशील पूर्वाधारका परियोजनाहरुलाई प्राथमिकता दिने उददेश्य रहेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्व बुझाउन सफल भएको बताउनु भयो । उहाँले पूर्वाधार विकासको लागि परिसंघले धेरै मत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । अध्यक्ष अग्रवालले सरकारले सार्वजनिक निजी साझेदारीको लागि कानून बनाउने क्रममा रहेको बताउनु भयो । उहाँले परिसंघको अवधारणाबाट पूर्वाधार विकास बैंक स्थापना भएको बताउनु भयो । अध्यक्ष अग्रवालले तीन वटै तहका सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले विगतमा परिसंघले आयोजना गरेको सम्मेलनले पूर्वाधार विकासका क्षेत्रमा सकारात्मक योगदान दिएको भन्दै यो वर्ष पनि निरन्तरता दिइएको बताउनु भयो । उहाँले सम्मेलनमा भारत सरकारको परिवहन राज्यमन्त्री विजयकुमार सिंह समेत सहभागी हुन लागेको बताउनु भयो । अध्यक्ष अग्रवाल नेपालको पूर्वाधार विकासका क्षेत्रमा ठूलो अवसर भएकोे बताउनु भयो । उहाँले सम्मेलनमा पूर्वाधार निर्माणमा देखिएका समस्या र अवसरमाथि पनि छलफल हुने पनि बताउनु भयो ।

पूर्वाधार सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष र विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको समेत सहभागिता रहने जनाएको छ । सम्मेलनको नारा ‘विकासका लागि पूर्वाधार’ तय गरेको छ । सम्मेलनमा लगानी बोर्ड नेपालले अध्ययन गरेका आयोजना समेत राखिने छन । सम्मेलनमा १ हजार जना सहभागी हुने परिसंघले अपेक्षा गरेको छ । कार्यक्रमको सहआयोजकमा लगानी बोर्ड नेपाल र युथ कम्युनिटी फर नेप्लिज कन्टयाक्टर रहेका छन ।

 

parisang parisng2

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका