नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई आईटेलले सदभावना दुत घोषणा • Nepal's Trusted Digital Newspaperनेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई आईटेलले सदभावना दुत घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई आईटेलले सदभावना दुत घोषणा

नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई आईटेलले सदभावना दुत घोषणा

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई आईटेलले सदभावना दुत घोषणा

विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आईटेल) ले सदभावना दुत घोषणा गरेको छ ।

महालक्ष्मी मोबाईल आईटेलले सोमवार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सदभावना दुत नियुक्त गरेको हो । आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन । दायाँ हाते ब्याटसम्यान अमितले नेपालको यु–१९ टोलीबाट समेत खेलिसक्नुभएकाे छ, भने घरेलु प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्नुभएकाे छ । विरगञ्जबाट खेल्नुभए का अमितले सन २०१२ मा दुई शतक बनाउनुभएकाे थियाे ।

सन २०१७ बाट प्रयोगमा आएको आईटेल हाल अहिले १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेलले जानकारी दिनुभयाे । सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण पुलिसका कप्तानसँग सहकार्य गरेको बताउनुभयाे ।

‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलको लागि हामीले केही गरौं भनेर क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं ।’ उहाँले भन्नुभयाे, ‘खेलाडीलाई पनि सहयोग होस र हाम्रो नि प्रचार होस भनेर सहकार्य गरेका हौं ।’

पौडेलका अनुसार अमितले प्रयोग गर्ने खेल सामग्री करिव १ लाख २० हजारसम्म हुन जाने बताउनुभयाे । यस्तै अमितले भविष्यमा क्रिकेट खेल्नक लागि आईटेलसँगको सहकार्यले राहत पुग्ने बताउनुभयाे ।‘यो सहकार्यको लागि आइटेललाई धन्यवाद । यसले मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ’ उहाँले भन्नुभयाे ।

sport2 1

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका