आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग • Nepal's Trusted Digital Newspaperआगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

पोखरा । मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् । मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गर्नुभएकाे हाे । गत जेठ ५ गते कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको थियो । आगलागीबाट करिब २५÷३० लाख बराबरको क्षती भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयाे । ‘ग्यास लीग भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन्,’ उहाँले भन्नुभयाे, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५÷३० लाख जतिको क्षती भयो होला ।’

विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समाजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाउनुभयाे । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उहाँको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताउनुभयाे । हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिनुभयाे । नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उहाँको भनाई थियो ।

वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गर्नुभयाे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे ८ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राख्नुभयाे । सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका