पोखरा उद्योग वाणिज्य संघको सदस्यमा शुदीप ओझाको उमेद्वारी घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा उद्योग वाणिज्य संघको सदस्यमा शुदीप ओझाको उमेद्वारी घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा उद्योग वाणिज्य संघको सदस्यमा शुदीप ओझाको उमेद्वारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा शुदीप ओझाको उमेद्वारी घोषणा

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
पोखरा उद्योग वाणिज्य संघको सदस्यमा शुदीप ओझाको उमेद्वारी घोषणा

पोखरा, ३१ साउन । यस क्षेत्रकै पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन आगामी भदौ २४ र २५ गते हुदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्वका लागि पोखरा आसपासका उद्योगी व्यवसायिहरु नेतृत्व लिन तयार रहेका छन् । उनिहरुले आगामी कार्यकालका लागि नेतृत्व लिन भन्दै उमेद्वारी घोषणा गरिरहेका छन् ।

यसैबीच पोखराका युवा व्यवसायि शुदीप ओझाले पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा उमेद्वार दिने घोषणा गर्नुभएको छ । लतासा लेडिज कलेक्सन र टेक पाटर्नर्स नेपालका प्रोपाइटर रहनुभएका ओझाले पोखराको समग्र व्यावसायी क्षेत्रको बिकास र उत्थानको लागि आफ्नो उमेदवारी रहेको बताउनुभयो ।

उहाँ विभिन्न सामाजिक संघसंस्थामा रहेका काम गरिसक्नुभएका ओझा पोखराको फेवा टेलिभिजनको संचालक समितिमा रहेका काम गरिसक्नुभएको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे का डिस्ट्रिक को चिफ हुनुहुन्छ भने, लायन्स क्लब अफ पोखरा पिस भ्यालीको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
ओझाले नेतृत्वमा युवाको आवश्यकता महशुस गरि आफुले उमेद्वारी घोषणा गरेको बताउनुभयो ।

उहाँले उद्योगी व्यावसायीहरुको हकहितमा काम गर्ने अवसर दिए यसको लागि आफुले अमुल्य सम्पतिको रुपमा ग्रहण गर्ने बताउनुभयो । पोखरेली उद्योगी व्यवसायीको हक हितका लागि आफुले अग्रजहरुको सल्लाह र व्यवसायीहरुको सुझावकै आधारमा अगाडी बढ्ने दावी गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका