गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित • Nepal's Trusted Digital Newspaperगणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिनुभएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहनुभएकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गर्न खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढन अनुरोध गर्नुभयो ।

लगत्तै ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दा एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका