४ सय ५५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper४ सय ५५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४ सय ५५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

४ सय ५५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
४ सय ५५ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ४ सय ५५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ८ जनाकाे पिसिआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ५ सय २१ जनाकाे एनटिजेन परीक्षण गर्दा १ सय ५०  जना गरी ४ सय ५५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ४ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

३१ हजार ७ सय ६१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७५ हजार ६ सय ९ जना काेराेना मुक्त भएका छन् ।

४ हजार ८ सय २९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८८ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका