मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणबाट प्रशारण गर्न पुष्पाकुमारीकाे माग • Nepal's Trusted Digital Newspaperमैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणबाट प्रशारण गर्न पुष्पाकुमारीकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणबाट प्रशारण गर्न पुष्पाकुमारीकाे माग

मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणबाट प्रशारण गर्न पुष्पाकुमारीकाे माग

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु  रेडियो नेपालको केन्द्रिय प्रशारणबाट प्रशारण गर्न पुष्पाकुमारीकाे माग

नेकपा (एकीकृत समाजवादी) की सांसद पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताउनु भयो । उहाँ बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रिय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गर्नुभयो । सांसद कायस्तले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पछिल्लो समयमा मैथिलीसँगै भोजपुरी लगायतका भाषामा पनि समाचार, सूचना र मनोरञ्जनका विभिन्न कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणमार्फत प्रशारण हुँदै आएको थियो । तर २०७५ जेठ १८ गतेदेखि केन्द्रबाट बन्द गरियो यो कार्यक्रम । त्यसपछि मधेश प्रदेशको बर्दिवासमार्फत प्रशारण भइरहेको छ । हाल बर्दिवासबाट प्रशारण गर्ने समाचारलाई केन्द्रबाट हुक गरेर जोडिँदा प्रशारणमा कहिलेकाहीँ समस्या देखिने गरेको छ । प्रदेशको कार्यक्रमलाई यथावत राखि भाषाभाषीको जनसंख्या र भाषा विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तहरुको आधारमा मैथिली भोजपुरी लगायतका भाषालाई केन्द्रिय प्रशारणमा प्राथमिकता दिइनुपर्छ भन्ने कुराको माग गर्दछु ।’

उहाँले सांसदहरु सहितको उच्चस्तरिय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्ने बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका