बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ • Nepal's Trusted Digital Newspaperबहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ

बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ

वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र पटेलका भाइ २८ वर्षका उत्तम पटेल रहेकाे प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयाे । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए । त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै राजकुमारका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेकाे प्रहरीको दाबी छ ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका