बुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन • Nepal's Trusted Digital Newspaperबुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन

बुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
बुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन

पोखरा । पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबको अध्यक्षमा असिम थापा चयन हुनुभएकाे छ । आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन हुनुभएकाे हाे ।

थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिनुभएकाे छ ।

त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङ चयन हुनुभएकाे छ । सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए
साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।

सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो । यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आउनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका