२ सय ६३ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper२ सय ६३ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २ सय ६३ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

२ सय ६३ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
२ सय ६३ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा २ सय ६३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ९९ जनाकाे पिसिआर परीक्षण गर्दा १ सय ६२ जना र १ हजार ७ सय ६६ जनाकाे एनटिजेन परीक्षण गर्दा १ सय ६२ जना गरी २ सय ६३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय १ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ४ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाख २७ हजार ३ सय २१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७५ हजार ३ सय ७ जना काेराेना मुक्त भएका छन् ।

३ हजार १ सय ६५ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८५ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका