भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर) • Nepal's Trusted Digital Newspaperभरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)
photo :-न्युज एजेन्सी

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयहरुमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि । यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप÷प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ । संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन । सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त । न्युज एजेन्सी नेपालका फोटोग्राफरहरुले आज यिनै संसद भित्र भएका सांसदका गतिविधिलाई कैद गरेका छन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरु आजको फोटो फिचरमा ।

parliament meeting DSC 6557 14

parliament meeting DSC 6557 1 parliament meeting DSC 6557 4 parliament meeting DSC 6557 5 scaled parliament meeting DSC 6557 10 parliament meeting DSC 6557 12

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका