स्याङ्गजा बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे ''पुतली बजार पोलिक्लिनिक'' संचालनमा • Nepal's Trusted Digital Newspaperस्याङ्गजा बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे ''पुतली बजार पोलिक्लिनिक'' संचालनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजा बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे ”पुतली बजार पोलिक्लिनिक” संचालनमा

स्याङ्गजा बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे ”पुतली बजार पोलिक्लिनिक” संचालनमा

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
स्याङ्गजा बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे ”पुतली बजार पोलिक्लिनिक” संचालनमा

स्याङ्गजा । स्याङ्गजा पुतली बजार नगरपालिका -३ बाडखाेलामा अत्याधुनिक प्रविधीसहितकाे  ‘पुतली बजार पोलिक्लिनिक’ संचालनमा आएकाे छ ।

पोलिक्लिनिकमा हप्ताकाे हरेक दिन बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म बरिष्ट पारिवारिक चिकित्सक डा. नारायण बहादुर गोदार द्वारा स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

dr godar

पोलिक्लिनिकमा भिडियो एक्सरे”(Ultrasound),ओ.पि.डि सेवा,ईमर्जेन्सी सेवा(Emergency),फार्मेसी सेवा(pharmacy), प्रत्येक दिन भिडियो एक्स-रे(x-ray)सेवा, अत्याधुनीक प्रयोगशाला सेवा(laboratory),नेबुलाईजर(oxygen)सेवा, इन्जेक्सन(suturing), ड्रेसिङ्ग सेवा(Dressing), इ. सि. जि.(E. C.G)सेवा, सामान्य शल्यचिकित्सा(Minor Operation) सेवा, (PAP Smear TEST) प्याप स्मियर परीक्षण सेवा, पुतली बजार पोलिक्लिनिकले संचालनमा ल्याएकाे पोलिक्लिनिक संचालक डाक्टर नारायण गोदारले बताउनुभयाे ।

(PAP Smear TEST) भनेकाे के हाे ?

”महिलाकाे पाठेघरकाे मुखकाे पानी निकाली परिक्षण गर्ने पद्धति हाे यसलाई  PAP TEST पनि भनिन्छ । जुन परिक्षण केहि मिनेटमानै गर्न सकिन्छ । महिलाकाे पाठेघर सम्बन्धित राेग पत्ता लगाउन याे पद्धति अति महत्वपूर्ण रहेकाे छ । ” उहाँले भन्नुभयाे ।

प्याप स्मियर परीक्षण किन आवश्यक छ ? 

”क्यान्सर देखिनुभन्दा अगाडि नै पाठेघरका काेशहरू परिवर्तन हुन्छन् । ति परिवर्तित काेशीकाहरू पूर्ण रूपमा क्यान्सर बन्न ३ ७ वर्ष लाग्ने गर्छन् । प्याप स्मियर परीक्षणबाट ति परिवर्तित काेशीकाहरू पत्ता लाग्दछन् ।”उहाँले भन्नुभयाे ।

पोलिक्लिनिकमा स्वास्थ्य चेकजाँच गर्ने, धेरै मधुमेह, प्रेसर, हाेलबाेडि(whole body check up) गराउनकाे लागि सेवाग्राहीहरू आउने गरेकाे डाक्टर गाेदारले बताउनुभयाे ।

डाक्टर गाेदारले MBBS (SU) बङ्गलादेश र (MD) काठमान्डाैँ बिर हस्पिटलबाट गर्नुभएकाे हाे । उहाँ बिगत ४ वर्ष देखि जिल्ला हस्पिटल स्याङ्गजामा कार्यरत हुनुहुन्थ्याे । उहाँले जिल्ला हस्पिटल स्याङ्गजामा कार्यरत रहदा सेवाग्राहीहरूलाई स्वास्थ्य सुविधा दिदैँ आउनुभएकाे थियाे ।

डा. नारायण गाेदारले स्याङ्गजा जिल्लाकै इतिहासमा सबैभन्दा धेरै शल्यक्रिया मात्र नभई धेरै पटक निकै जटिल शल्यक्रिया पनि गरेर कयौं जीवन जोगाइसक्नुभएको छ। जिल्ला हस्पिटल स्याङ्गजामा कार्यरत रहदा डा. नारायण गाेदारले बच्चा पाउने मिति पनि १ हप्ता भन्दा बढी कटेका बच्चा ठूलो भएका आमाको पाठेघर च्यातिएर (Complete Uterine Rupture with fetus in abdominal cavity) बच्चा गर्भाशय बाहिर पेटमा निस्किएकाे पाठेघर च्यातिएर अत्यधिक रक्तश्राव भएर गर्भवती आमा लगभग बेहोस(in Shock)अवस्थामा हस्पिटल आउनुभएकाे र पोखरासम्म पुर्याउने अवस्था समेत नरहेकाे गर्भवती महिलाहरूकाे सफल शल्यक्रिया गरी दुवै आमा शिशुको उद्धार गर्नुभएको थियाे ।

उहाँले नाजुक अवस्थामा हस्पिटलमा आउनुभएकाे गर्भवती महिलाहरूकाे सफल उपचार गरी उद्धार गर्नुभएको र नयाँ जीवन प्रदान गर्नुभएकाेले उहाँकाे यस्ता कार्य  स्वास्थ्य क्षेत्रमा ठूलो कोसेढुङ्गा साबित भएको छ ।

नाजुक अवस्थामा हस्पिटलमा आएका धेरै बिरामीहरूकाेहरूकाे मध्यरातिकाे अवस्थामा पनि हस्पिटलमा गएर बिरामीहरूकाे उद्धार समेत गर्नुभएको थियाे ।

स्याङ्गजा हस्पिटलमा कार्यरत रहदा स्याङ्गजा जिल्लाकै इतिहासमा पहिलाे पटक डा. नारायण गाेदारले एपेन्डिक्स, हर्निया, हाइड्राेसिलकाे पनि सफल शल्यक्रिया गरिसक्नुभएकाे थियाे ।

अब डा. नारायण गाेदारले सबै स्वास्थ्य सुविधा पोलिक्लिनिकबाट उपलब्ध गराउने बताउनुभएकाे छ । पोलिक्लिनिकमा ९ जना कर्मचारी रहेकाे छन् ।

re re2 re4 syangja syangja2 syangja3 syangja4 syangja5 syangja6 syangja7 syangja8

poli5

pli5 pli6 poli poli2 poli3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका