शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा घोषणा गर्न संस्कृतज्ञहरुकाे सरकारसँग माग • Nepal's Trusted Digital Newspaperशुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा घोषणा गर्न संस्कृतज्ञहरुकाे सरकारसँग माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा घोषणा गर्न संस्कृतज्ञहरुकाे सरकारसँग माग

शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा घोषणा गर्न संस्कृतज्ञहरुकाे सरकारसँग माग

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा घोषणा गर्न संस्कृतज्ञहरुकाे सरकारसँग माग

संस्कृतज्ञहरुलले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन ।

शुक्रवार संस्कृत दिवसको अवसरमा काठमान्डौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्कृतज्ञहरुले यस्तो माग गरेका हुन । पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्कृतज्ञहरुले यस्तो माग गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर शुक्रवार विश्व संस्कृत दिवस मनाइएको हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन संस्कृत मनाउने गरिन्छ । जसमा संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी गर्न आवश्यक रहेको विदवान वक्ताहरुले बताउनुभएको थियो । संस्कृत दिवसको अवसरमा आयोजित पुनः जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले गर्दा सञ्चारमाध्यममा संस्कृत भाषाको पहुँच बढेको छ । त्यस्तै संस्कृतानुरागी व्यक्तिहरु पनि बढन थालेका छन । आज नेपालसहित विश्वका ३० भन्दा बढी देशमा संस्कृत भाषा सम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । यस्ता कार्यक्रमले संस्कृत भाषाको प्रवद्र्धन, संवद्र्धन र उन्नयनमा बढोत्तरी गर्ने आयोजक समितिले बताएको छ ।

संस्कृत भाषाको संवद्र्धन र प्रवद्र्धनमा जोड दिनका लागि यस क्षेत्रलाई महत्वपूर्ण योगदान दिने वरिष्ठ एवं वयोवृद्ध विदवान–विदुषीमध्येबाट एक जनालाई योगदानको कदर गर्दै विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्तिको शुरुवात गरिएको थियो । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न शुरु गरिएको आयोजकले जनाएको छ । पुरस्कार राशि र कार्यक्रम जरो किलो प्रतिष्ठानले शुभारम्भ गरेको हो । कार्यक्रममा विदवान वक्ताहरुले संस्कृतको बारेमा आम मानिसमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए । संस्कृत भाषाको जननी भएकोले यसको संरक्षण र संवद्र्धन गर्दै थप कार्यक्रम गर्न आवश्यक रहेको बताए । वक्ताहरुले श्रावणपूर्णिमाका दिनलाई विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेस गर्न माग गरेका छन । उनीहरुले नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा यो प्रश्ताव पुर्याउन र नेपाल सरकारले पनि संस्कृत भाषाको संरक्षणको लागि महत्वपूर्ण भुमिका खेल्न माग गरेका छन । अनौपचारिक रुपमा विश्व संस्कृत दिवस वि.सं.२०७५ सालबाट मनाउन थालिएको हो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका